जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२

आर्थिक विशेष

सन्तोष कोइराला कामु सिइओ

सन्तोष कोइराला कामु  सिइओ

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएका छन्। २३ महिनाअघि प्रमुख कार्यकारी नियुक्त भएका शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन्।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन्।


प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा ‘ब्यक्तिगत कारण’ देखाउँदै बाहिरिन लागेको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।
शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्माले बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए।
बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए। सानिमामा १० वर्ष काम गरेपछि उनी माछापुच्छ्रे गएका थिए। उनी २१ वर्षदेखि बैंकिङमा छन्।
त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।

12060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका