जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सानिमा जनरलको सञ्चालकमा पोखरेल र श्रेष्ठ निर्विरोध निर्वाचित

सानिमा जनरलको सञ्चालकमा पोखरेल र श्रेष्ठ निर्विरोध निर्वाचित

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा भौतिकरभर्चुअल माध्यमबाट सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा क्रमश प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।

त्यसै गरी आगामी आ.व. २०७७र०७८ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ।  कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाण्डौमा सम्पन्न भयो ।

उक्त सभामा आ.व.२०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।

कम्पनीको प्रधान कार्यालय सहित २० वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आ।व। मा थप शाखा कार्यालयहरु संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी अध्यक्ष लामिछानेले जानकारी गराएका थिए ।

12565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका