जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश, सुरुको १००० कित्ता शेयर अहिले कति पुग्यो ?

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश, सुरुको १००० कित्ता शेयर अहिले कति पुग्यो ?

प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांश सम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ। कम्पनी १५औ वर्ष पुगेको अवसरमा सो जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै शेयर थपिने सम्भावना छ। कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको शेयर ११ गुणा भन्दा धेरैले वृद्धि छ।

कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, संचालन मुनाफा ४ अर्ब ६९ करोड र सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको छ ।

4275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?