जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) बीच च्यानल फाइनान्सिङ गर्ने सम्झौता भएको छ।

बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) बीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादन खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटरहरुलाई आवश्यक चालू पुँजी कर्जा प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने जनाएको छ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटरहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा पाउने छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका