जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी 

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी चयन भएकी छिन् । कम्पनीको आज माघ २२ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने गरि केसीलाई संचालक चयन गरेको हो ।

कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी सुगरिका के.सी. लाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि संचालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कृषिमा आधारीत अर्थतन्त्र भएको नेपालमा सर्वसाधारणको तर्फबाट संचालकमा के.सी.को नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूणर् सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्र प्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका