जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सन नेपालको १०० कित्ता शेयर हुनेले पाउने भयो १५७ कित्ता

सन नेपालको १०० कित्ता शेयर हुनेले पाउने भयो १५७ कित्ता

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २३.८ प्रतिशत बोनस शेयर (स्टक डिभिडेन्ट) दिने भएको छ । यसको मतलव १ हजार कित्ता शेयर हुने व्यक्तिले २३८ कित्ता थप शेयर प्राप्त गर्ने भएका छन् ।

हाल ३ अर्ब २० करोड रुपैयाँ कम्पनीले उक्त चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो।

संचालक समितिले ७६ करोड १६ लाख बराबरको बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजका निम्ति भनेर अर्को ४ करोड ८४ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ।

यसरी कायम हुने चुक्ता पूँजीमा फेरि हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । पूँजी बढाउनका लागि २७ प्रतिशत हकप्रद शेयर दिने निर्णय भएको कम्पनीले जनाएको छ। तर यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि मात्रै साधारण सभावमा प्रस्ताव लैजान पाइन्छ । सभाले पारित गरेपछि भने यसलाई कार्यान्वयनमा लगिने छ ।

यसरी यी दुई व्यवस्था कार्यान्वयनमा आएपछि अहिले १०० कित्ता सेयर हुने व्यक्तिसँग १५७ कित्ता सेयर हुने छ । तर त्यसका लागि उक्त शेयर धनीले ३३०० रुपैयाँ थप लगानी पनि गर्नुपर्ने हुन्छ ।

2590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?