जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ४४ सय २३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक

४४ सय २३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुकाे पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाबल्हामु गाँउपालिकाका अध्यक्ष मिबमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकाद्वारा आर्थिक सहयोगका रूपमा प्राप्त हुने ‘च्यालेञ्ज फन्ड’ प्रवाह गर्नका लागि साझेर बैंकका रूपमा भुमिका निर्वाह गर्नेछ ।

2990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?