जोडिनुहोस
सोमवार, मंसिर ३, २०८१
सोमवार, मंसिर ३, २०८१
  • होमपेज
  • अरुण चौधरीको हिमालयन ब्रुअरीमा बैंकले गरेको १ अर्ब बढी लगानी जोखिममा

अरुण चौधरीको हिमालयन ब्रुअरीमा बैंकले गरेको १ अर्ब बढी लगानी जोखिममा

प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपअन्तर्गतको एउटा कम्पनीमा बैंकले गरेको लगानी जोखिममा परेको छ । अरुण चौधरी र उनको परिवारको स्वामित्व तथा व्यवस्थापनमा रहेको सीजी होल्डिङ्स अन्तर्गतको हिमालयन ब्रुअरीले बैंकबाट लिएको १ अर्ब बढी लगानी समस्यामा परेको हो।

काठमाडौं, आइसबर्ग, निन्जा, कमान्डो र हिमालयन ब्रान्डका बियर उत्पादक हिमालयनले आर्थिक वर्ष २०२२ मा करिब ५३ करोडको व्यापार गरेको थियो । जसमध्य कम्पनीको नाफा मार्जिन ७.७७ प्रतिशत मात्र छ । तर, कम्पनीले बैंकबाट लिएको ऋण भने नाफा मार्जिनको २६ गुणा बढी छ । अर्थात्, बैंकबाट लिएको कर्जाको मात्रा १ अर्ब ८ करोड रुपैयाँ छ ।

सन् १९८१ मा स्थापना भएको हिमालयन ब्रुअरीको स्वामित्व सन् २०१९ मा सीजी होल्डिङ्सले किनेको हो । कम्पनीको वार्षिक बियर उत्पादन क्षमता प्रतिवर्ष ८० हजार हेक्टोलिटर (८० लाख लिटर) रहेको छ । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण नै हुन् ।

कम्पनीको सानो उत्पादन क्षमता र अत्यधिक प्रतिष्पर्धी बियर उद्योगका कारण हिमालयन ब्रुअरीको व्यवसाय चुनौतीपूर्ण छ । सन् २०२२ मा कम्पनीले आफ्नो क्षमताको ५१ प्रतिशत उपयोग गरेर बियर उत्पादन गरेको छ तर यो बियर उद्योगको औसतभन्दा कम हो । त्यसमाथि सन् २०२३ को पहिलो ६ महिनामा कम्पनीले मात्रै ११ प्रतिशत क्षमता उपयोग गरेको छ ।

हिमालयन ब्रुअरीले भविष्यमा क्षमता विस्तार गर्ने योजना पनि बनाइरहेको छ । तर, चौधरीले किनयता केही नाफा गरेपनि विगतको सञ्चित घाटाले कम्पनीको वित्तीय विवरण कमजोर बनाएको छ ।

यता ७२ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराउँदै आएको कम्पनीको रेटिङ पनि खस्किएको छ । इन्फोमेरिक्सबाट कम्पनीले ७२ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराउँदै आएको छ । तर, पछिल्लो समय रेटिङ कम्पनीलाई वित्तीय विवरण दिन छाडेको छ । तसर्थ इन्फोमेरिक्सले रेटिङ घटाइदिएको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका