जोडिनुहोस
बुधबार, जेष्ठ १७, २०८०
बुधबार, जेष्ठ १७, २०८०
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा २९ करोड ६२ लाख रुपैयाँ

महालक्ष्मी विकास बैंकको नाफा २९ करोड ६२ लाख रुपैयाँ

महालक्ष्मी विकास बैंकले २९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको तुलनामा बैंकको खुद नाफा १६०.४९ प्रतिशत अर्थात १८ करोड २५ लाख रुपैयाँले सुधार भएको हो।

अघिल्लो आवमा बैंकले ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खर्च र आम्दानीलाई सन्तोषजनक रुपमा व्यवस्थापन गरेर सन्तुलनमा राख्दा गत आवमा नाफा वृद्धि भएको हो।

चुक्ता पूँजी दुई अर्ब ८४ करोड ४५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७४ करोड ९६ लाख र शेयरधनी कोषमा ४ करोड ५४ लाख सञ्चित छ।

समीक्षा अवधिमा ३० अर्ब ५९ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २६ अर्ब ५ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवमा बैंकले १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४५ करोड २६ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले १अर्ब ९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात ३. ८८ बाट घटेर २.५४ प्रतिशतमा सुधारिएको छ । बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?