जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, समयमा नतिरे कारोबार रोक्का !

कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, समयमा नतिरे कारोबार रोक्का !

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई बार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले वार्षिक नवीकरण शुल्क बुझाउन बाँकि कम्पनीहरुलाई असोज मसान्तसम्म शुल्क बुझाउन आग्रह गरेको हो । 

नेप्सेले नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८/७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेकोले उक्त बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुलाई शुल्क बुझाउन आग्रह गरेको हो ।

चुक्ता पूँजी  ५० करोड सम्म भएका कम्पनीले धितोपत्रको बार्षिक नवीकरण शुल्क ५० हजार बुझाउनु पर्ने छ भने ५० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीले १ लाख शुल्क बुझाउनु पर्ने छ । त्यस्तै डिबेन्चर र सामुहिक लगानी कोषको हकमा ५० करोड सम्म आकार भए २५ हजार र सो भन्दा बढीको आकार भए ५० हजार शुल्क बुझाउनु पर्ने छ ।

नेप्सेले आफ्नो खाता रहेको ग्लोवल आईएमइ बैंकमा रकम बुझाउन आग्रह गरेको हो ।  तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने जनाएको छ ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?