जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागी मंसिर ४ गते सोमबार बृहत् बैठक बोलाएका छन् ।

शुक्रबार तनहुँको आँबु खैरीनीमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफुले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहेको भए पनी अहिले क्रमशः सुधार भइरहेको दाबी पनि गरे । मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, उनले भने, अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ तर दबाबमुक्त भइसकेको छैन । मङ्सरि ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’

सोमबारको बृहत् बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन गम्भीर छलफल हुने भन्दै उनले बैठकले ठोस प्याकेज घोषणा गर्ने पनि बताए ।

नेपाली अर्थतन्त्र संकुचनमा गइरहेको निजी क्षेत्रको आरोप छ । तर, सोमबारको बैठकमा सरकारको स‌‌‍यन्त्रको मात्र सहभागिता रहने अर्थ मन्त्रालय स्रोतले बतायो । प्रधानमन्त्रीले आफ्नो संयन्त्रमार्फत बृहत् ब्रिफिंग लिने उक्त बैठकमा अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थाको बारेमा प्रस्तुतीकरण गर्ने छ ।

अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा पुँजीगत खर्च (विकास खर्च) २२ प्रतिशतले बढेको अर्थमन्त्रालयको दाबी छ । यसैगरि, लक्ष्य नभेटेपनि राजश्व बृद्धिदर पनि सन्तोषजनक रहेको पनि अर्थमन्त्रालयको दाबी छ ।

विदेशी लगानी पनि गत आवको पहिलो त्रैमासभन्दा चालू आवमा बढि आएको अर्थमन्त्रालयको तथ्यांक छ । गत आवको पहिलो त्रैमासमा १ अर्बभन्दा कम वैदेसिक लगानी नेपाल भित्रिएकोमा चालू आवको पहिलो त्रैमासमा ३ अर्ब हाराहारी भित्रिएको अर्थमन्त्रालय।

यसैगरि, गत आवको पहिलो तीन महिनाको तुलनामा चालू आवमा निजी क्षेत्रमा जाने कर्जा पनि दोब्बर भएको छ ।

तर पनि अर्थतन्त्र चलायमान हुन नसकेको निजी क्षेत्रको आरोप छ । अर्थतन्त्रमा आज देखिएको समस्या रातारात आएका होइनन् । पछिल्लो एक दशकको आर्थिक बृद्धीदरको औसत् ४ प्रतिशत हाराहारीमात्र रहेको कारण पनि वर्तमान सरकार दबाबमा छ । अर्थतन्त्र चलायमान नहुनु, रोजगारीको अभावमा युवा विदेश पलायन बढ्नु तथा सरकारको खर्च गर्ने क्षमतामा बृद्धि नहुनुका कारण पनि निजी क्षेत्रले सरकारलाई अर्थतन्त्र सुधारमा दबाब दिन थालेका छन् ।

त्यसमाथि पछिल्लो समय आन्तरिक तथा बाह्य काणले बढ्दो महंगीका कारण सर्वसाधारणको जीवनयापनमा समस्याग्रस्त बन्दै गइरहेको छ । यसअघि उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री दाहालले तिहारपछि अर्थतन्त्र सुधारका लागी गोलमेच सम्मेलन गर्ने बताउन थालेका छन् ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका