जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सरकारी ऋृणको आकार २९ खर्ब नाघ्यो

सरकारी ऋृणको आकार २९ खर्ब नाघ्यो

देशको सार्वजनिक ऋण बढेको छ । एकै महिनामा यो ऋण एक खर्बले बढेको हो । अहिले यसको आबकार २९ खर्ब नाघेको छ। सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब तथा वैदेशिक ऋण १५ खर्ब ४५ अर्ब रहेको छ। चालु आवको सुरुवातमा कुल ऋण २६ खर्ब ७४ अर्ब थियो। नौ महिनामै झन्डै साढे २ खर्बले वृद्धि भएको छ । यस अवधिमा सरकारले ३ खर्ब ४८ अर्ब १५ करोड ऋण उठाएको छ। अमेरीकी डलरको मूल्य बढेका कारण वैदेशिक ऋण थप बढेको छ। नेपाली रूपैयाँ कमजोर हुँदा १ खर्ब १५ अर्ब ७५ करोड बराबरको थप भार परेको छ। कुल सार्वजनिक ऋण बढेर जिडिपीको ४८.०४ प्रतिशत पुगेको छ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका