
विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। यसअघि अदालतले उनलाई सात दिन थुनामा राख्न अनुमति दिएको थियो। विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि पेस गरेपछि अदालतबाट दोस्रो पटक तीन दिनको म्याद थप भएको हो।
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई हाल अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































