जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेयर बजारमा हरियाली, सूचक बढेपनि कारोबार रकम भने घट्यो

सेयर बजारमा हरियाली, सूचक बढेपनि कारोबार रकम भने घट्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको विदाई र शेरबहादुर देउवाको नियुक्तिपछि सेयर बजारमा हरियाली छाएको छ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने आधा घटेको छ।

सूचक १६ अंकले बढेर २८७१ बिन्दुमा पुग्दा कारोबार रकम साढे पाँच अर्ब रुपैयाँमा सीमित भएको छ।

२२३ कम्पनीका ८८ लाख ३३ हजार कित्ता सेयर पाँच अर्ब ४० करोड रुपैयाँमा किनबेच भएका छन्।

सोमबार एक करोड ५२ लाख कित्ता सेयर ९ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएका थिए।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसीएफसी फाइनान्सको सेयर मूल्य समान ६/६ प्रतिशतले बढेको छ।

सिइडिबी हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, र नेपाल लाइफको सेयर मूल्य १/१ प्रतिशतले घटेको छ।

नेपाल बंगलादेश बैंकको सर्वाधिक ४५ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफको २३ करोड, एनआइसी एसियाको करिब २० करोड, निर्धन उत्थान लघुवित्तको पनि करिब २० करोड र नबिल बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२२३ कम्पनीको सेयर किनबेच हुँदा १० कम्पनीको मूल्य स्थिर र ३६ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

7650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?