जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक महिनामा दियो रू. १५ करोड ६८ लाख दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक महिनामा दियो रू. १५ करोड ६८ लाख दाबी भुक्तानी

निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो महिनामा १५ करोड ६८ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। मासिक दाबि भुक्तानी तथ्यांक सार्वजनिक गर्दै इन्स्योरेन्सले साउन महिनामा कुल १५५१ दाबीमध्ये ११९३ दाबी फर्छ्याैट भएको जानकारी गराएको छ।

इन्स्योरेन्सका अनुसार साउन महिनामा १५५१ दाबीमार्फत् अनुमानित ५६ करोड १८ लाख रूपैयाँ बराबरको दाबी निवेदन दर्ता भएको छ। यसअघि गत असार महिनामा २७ करोड रूपैयाँ दाबी भुक्तानी गरेको थियो ।

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०८०।८१ मा बीमितले दाबी भुक्तानीवापत २ अर्ब ८३ करोड रूपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका