जोडिनुहोस
आइतवार, अशोज ६, २०८१
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • बैंकहरुको बढ्दो निष्क्रिय कर्जा : कुन बैंकको कति ?

बैंकहरुको बढ्दो निष्क्रिय कर्जा : कुन बैंकको कति ?

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुको निष्क्रिय कर्जा झण्डै २ खर्ब पुगेको छ।

साउन मसान्तसम्म सञ्चालनमा रहेका बैंक तथा वित्त संस्थाहरुबाट कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा औसतमा ३.८६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यसरी हेर्दा निष्क्रिय कर्जामात्रै १ खर्ब ९९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ रहेको देखिएको छ।

बैंकिङ क्षेत्रमा देखिएको यो निष्क्रिय कर्जा गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ५२ अर्ब ६८ करोड ८७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५७ करोड १३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ३.०२ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ६८ करोड ५४ लाख रुपैयाँबराबर निष्क्रिय कर्जा थियो ।

राष्ट्र बैंकका अनुसार गत साउन महिनासम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा १ खर्ब ७१ अर्ब ६५ करोड ६७ लाख ४६ हजार ४०० रुपैयाँ छ । यस अवधिमा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३.७६ प्रतिशत निष्क्रिय कर्जा रहेको हो ।

वाणिज्य बैंकहरुमा देखिएको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ६७ करोड ३१ लाख ७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा २. ९८ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्ममा विकास बैंकहरुको निष्क्रिय कर्जा १८ अर्ब ८ करोड १७ लाख रुपैयाँ छ । यस अवधिमा विकास बैंकहरुले कुल ४ खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।विकास बैंकहरुमा देखिएको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३८ करोड ९४ लाख ९८ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले ४ खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा २.४९ प्रतिशत अर्थात ११ अर्ब ६९ करोड २२ लाख ९३ हजार रुपैयाँ कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरुमा भने चालु आर्थिक वर्षको साउन महिनासम्ममा ९ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ निष्क्रिय कर्जा रहेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले कुल १ खर्ब २९ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा ९.८७ प्रतिशत निष्क्रिय कर्जा रहेको हो ।

यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ७.६० प्रतिशत अर्थात ७ अर्ब ५ करोड ३५ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय रहेका थियो ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका