जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • श्रेष्ठ माथीको छानवीन अन्तिम चरणमा

श्रेष्ठ माथीको छानवीन अन्तिम चरणमा

नेपाल राष्ट बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठमाथी बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज पराजुली (सुमार्गी)लाई साथ दिएको लागायतका आरोप लगाई भएको छानवीन अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।

स्रोत भन्दछः– हामीले आरोप लगाइएका प्रायः सबै फाइल अध्ययन पुरा गरेका छौं । अब केही दिनमै डिपुटी गर्भनर श्रेष्ठसंग मौखिक र लिखित बयान लिने छौं र प्रतिवेदन बुझाउने छौं ।
छानवीन समितिका एक सदस्यले भने अहिलेका फाइल हेर्दा नेतृत्व लिएका गर्भनर र दुई डिपुटी गर्भनर सबैको गल्ती प्रस्टै देखिएको छ । जे छ हामी त्यही बुझाउने छौं ।

7235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?