जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबी बैंक लिमिटेड कम्पनी विश्लेषण

एनएमबी बैंक लिमिटेड कम्पनी विश्लेषण

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा ८७ दशमलव ८० प्रतिशतभन्दा बढी भएको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रु. २ अर्ब २७ करोड ५७ लाख ८९ हजार रहेको छ ।

गत वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रु. ५८ करोड ७७ लाख ८ हजार थियो । १७ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पुँजी रु. १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार पुगेको छ ।

यस वर्ष जगेडा कोष रकम रिटर्न अर्निङसहित ५ दशमलव ९४ प्रतिशत बढी रु. ७ अर्ब ३९ करोड ९१ लाख ८१ हजार कायम भएको छ । निक्षेप संकलन गत वर्षभन्दा १८ प्रतिशतभन्दा बढी रु. १ खर्ब ५५ अर्ब ३५ करोड ९२ लाख १८ हजार गरेको बैंकले २८ दशमलव १९ प्रतिशत बढी रु. १ खर्ब ४८ अर्ब २७ करोड २४ लाख ९० हजार कर्जा प्रवाह गरेको छ ।

यस वर्ष निष्क्रिय कर्जा अनुपात २ दशमलव ४८ प्रतिशतदेखि घटेर १ दशमलव ९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रु. २० दशमलव ६४ रहेको छ । बिहीवार बैंकको अन्तिम शेयर मूल्य रु. ४४२ कायम भएको छ ।

7675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका