जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्थाहरुमा नक्कली प्रमाण–पत्रधारी कर्मचारीहरुको बिगविगी, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक र कुमारी बैंकमा नेपाल प्रहरीको सीआईबी पस्यो !!

बैंक र वित्तिय संस्थाहरुमा नक्कली प्रमाण–पत्रधारी कर्मचारीहरुको बिगविगी, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक र कुमारी बैंकमा नेपाल प्रहरीको सीआईबी पस्यो !!

नेपालका २० वाणिज्य बैंक दर्जनौ विकास बैंक र वित्तिय संस्थाहरुमा नक्कली प्रमाण–पत्र बनाएर जागिर खाएको खुलेको छ । यसको खोजी नेपाल प्रहरीको सिआईबीकोअनुसन्धान गरेसंगै सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडका ६ कर्मचारी पक्राउ परेका छन् भने ४ जना फरार भएका छन् यि त उदाहरण मात्रै हुन् । नेपाल प्रहरीको सिआईबी उच्च स्रोतका अनुसार सबैभन्दा बढि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंकमा यस्ता नक्कली प्रमाण–पत्र धारी कर्मचारी रहेको अनुसन्धानबाटै खुलेको छ । भनिन्छ विकास बैंक, फाइनान्स कम्पनीहरु मर्जर भएर आएका वाणिज्य बैंहरुमा सबै भन्दा बढि नक्कली प्रमाण–पत्रधारी कर्मचारीहरु रहेका छन् नि । सिआईबी स्रोतले दाबी गर्यो । हालै पक्राउ परेका सिटिजन्स बैंकका कर्मचारीहरु पनि मर्जर गरेर आएको तिनाउ मिसन डेभलमपेन्ट बैंकका कर्मचारी भएको स्रोतको दाबी छ ।

मर्जर भएर लिएका साना वित्तिय संस्था ग्लोबल आईएमई, प्राइम कर्मशियल बैंक र सरकारी स्वामितवका नेपाली बैंक र राष्ट्रिय वाणिज्य बैंकमा नक्कली प्रमाण–पत्र धारी कर्मचारी रहेको अनुसन्धानबाटै खुलेको छ ।

सीआईबी उच्च स्रोतले पंक्तिकारसंग भन्योः– साना संस्था मर्जर गरेर बनेको ग्लोबल आईएमई, प्राइम कर्मशियल बैंक र सरकारी स्वामितवका नेपाली बैंक र राष्ट्रिय वाणिज्य बैंकमा नक्कली प्रमाण–पत्र धारी कर्मचारी रहेको अनुसन्धानबाटै खुलेको छ । भनिन्छ नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा अधिकाशं यस्ता नक्कली प्रमाण–पत्र धारी कर्मचारीहरु अवकाश भैसकेका छन् भने अन्य बैंकमा भने कार्यरत रहेको भेटिएको छ । यतिसम्मकी १÷२ पद बढुवा हुँदा आफै नक्कली प्रमाण–पत्र भारतबाट ल्याएर बढुवा फाइल बनाउने गरेको सीआईबीकै दाबी छ हेक्का होस् । गर्भनर साब । नेपाल प्रहरीको सीआईबीले भित्र सम्म पुगेर बैंक र वित्तिय संस्थाका नक्कली प्रमाण–पत्र भारी कर्मचारीको अनुसन्धान गर्ने हो भने आधाभन्दा बढि भेटिने एक पूर्व सीइओले पंक्तिकारलाई बताए । उनीले भने यति धेरै कर्मचारी यस्ता छन् ।

बढुवा गर्ने बेलामै शंका लागेपछि हामीले नै छानवीन गर्न आग्रह पनि गरेका थियौ । तर, बैंकको यूनियनले अनुरोध गरेका कारण फाइल अगाडी बढेको चाहि थिएन नि । यता कुमारी बैंकमा मर्जर गरेर आएका ४ वटा विकास बैंकका सयौं कर्मचारीहरुको फाइल पनि छानवीनकै क्रममा रहेको सिआईबी स्रोतको दाबी छ । यो छानवीन भए सयौ कर्मचारीको जागिर जाने निश्चित देखिन्छ । यति धेरै बैंक र वित्तिय संस्थाहरुमा नक्कली प्रमाण–पत्र धारी कर्मचारीले जागिर खाएपनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तै चुप मै चुप छ भन्दा फरक पर्दैन ।

एस.एल.सी. नेपालको आई.ए. र बि.ए. भारतको छ नि । उनीकै शब्द सापटी लिने हो भने जनताकै पैसा चलाउने हजारौ कर्मचारी नै नक्कली प्रमाण–पत्र धारी भएपछि उनीहरुले दिएको कर्जा, कस्तो होला यो चाहि खोजीकै विषय अब बनेको छ । एक वाणिज्य बैंकका सीइओले नाम नलेख्ने शर्तमा भनेः– मर्जर गरेर आएको विकास बैंक र फाइनान्स कम्पनीका केही कर्मचारीहरुको प्रमाण–पत्र बारे छानवीन गर्न सीआईबीलाई पत्राचार गरेका छौ नि । उनीले थपे बढुवा गर्ने बेलामै शंका लागेपछि हामीले नै छानवीन गर्न आग्रह पनि गरेका थियौ । तर, बैंकको यूनियनले अनुरोध गरेका कारण फाइल अगाडी बढेको चाहि थिएन नि । यता कुमारी बैंकमा मर्जर गरेर आएका ४ वटा विकास बैंकका सयौं कर्मचारीहरुको फाइल पनि छानवीनकै क्रममा रहेको सिआईबी स्रोतको दाबी छ । यो छानवीन भए सयौ कर्मचारीको जागिर जाने निश्चित देखिन्छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न लागेको सूचना चुहिँदा भागेका सिटिजन्स बैंकका ४ कर्मचारीको विवरण पत्ता लागेको छ । त्रिभुवन विश्वविद्यालयको समकक्षता सर्टिफिकेट नक्कली बनाएर जागिर खाएका उनीहरु प्रहरी आफुलाई पक्राउ गर्न आउँदै गरेको थाहा पाएपछि भागेका थिए । प्रहरी स्रोतले दिएको जानकारी अनुसार यसरी भागेका कर्मचारीहरुमा  दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल र चेतबहादुर थापा छन् ।

उनीहरु सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा काम गरेका थिए । पछि आफ्नो बैंक सिटिजन्स बैंक भएपछि प्रमोसनका बेला सर्टिफिकेट छानविनका क्रममा उनीहरुले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको आशंकामा बैंकले त्रिभुवन विश्वविद्यालयलाई समकक्षता भेरिफिकेसनका लागि पठाएको थियो । त्रिभुवन विश्वविद्यालयले पनि आफ्नो विश्वविद्यालयका नाममा जारी भएको समकक्षता सर्टिफिकेट नक्कली भएको पाएपछि प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि ६ जना पक्राउ परेका थिए भने ४ जना फरार छन् ।

फरार भएकाहरुलाई पक्राउ पर्ने कन्फर्म भएपछि पक्राउ परेकाहरुले सूचना दिएका थिए भने केहि कर्मचारी बिदामा थिए । प्रहरीले उनीहरुको खोजी गर्नका लागि छुट्टै टोली खटाएको छ । उनीहरुलाई पनि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । प्रहरीले उनीहरु आफ्नै ठाउँ वरपर रहेको प्रारम्भिक सूचना पाएको बुझिएको छ ।

यति धेरै बैंक र वित्तिय संस्थाहरुमा नक्कली प्रमाण–पत्र धारी कर्मचारीले जागिर खाएपनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तै चुप मै चुप छ भन्दा फरक पर्दैन । कारण के हो ? एक बैंकरले पंक्तिकारसंग भने राष्ट्र बैंककै हाकिमहरुले सिफारिस गरेका सयौं मान्छे नक्कली प्रमाण–पत्र धारी छन् । अनि किन राष्ट्र बैंकले छानवीन गर भन्छ त ? जनताको अर्बै अर्ब डिपोजिटको बैंक र वित्तिय संस्था भित्र नक्कली प्रमाण–पत्रधारीहरुको विगविगी भएपछि अन्य प्राइभेट कम्पनीमा कति यस्ता कर्मचारी होलान् । त्यो खोजीकै विषय बनेको छ । सचेत भया ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?