जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले २३औं वार्षिक साधारण सभाले चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोहीअनुसार निष्कासन गरेको हकप्रद सेयर अंकित मूल्य प्रतिकित्ता १०० का दरले बिक्री गरेको थियो ।

कम्पनीले साधारण सभा, बोनस सेयर तथा हकप्रद सेयर खरिद प्रयोजनका लागि गत फागुन १ मा बुक क्लोज मिति तोकेको थियो।

5490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका