जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिओकेबाट अप्पर खुदी जलविद्युत आयोजनालाई सहवित्तियकरण कर्जामा

बिओकेबाट अप्पर खुदी जलविद्युत आयोजनालाई सहवित्तियकरण कर्जामा

बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युतले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डू लिमिटेडको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

3485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका