जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेप्सेले गर्यो आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेप्सेले गर्यो आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको प्रस्तावित ७ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको पछिल्लो कारोबार दिन मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २५७ को अधारमा बोनस पछिको मूल्य नेप्सेले प्रतिकित्ता रू. १ हजार १७५ तोकेको हो । बिहीवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

यस वर्ष कम्पनीले ७ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई पनि प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा आव्हान गरिएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्तिलाई पनि स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै, कम्पनीको चुक्तापूँजीको अनुपात संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा त्यसलाई संशोधन गरि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संसोधनको स्वीकृति पनि सभाले दिनेछ । गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश सहित ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण कम्पनीले यस वर्ष बढाएर लाभांश दिन लागेको हो ।

6490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका