जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ ।

उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ।

यसपटकका लागि खुलाइएको अभिकर्ताका ालगि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको छ । अभिकर्ता बन्न चाहानेले अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो । यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट www.shikharinsurance.com बाट पनि लिन सकिन्छ ।

 

6675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका