जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्था कोरोनाको हटस्पट बन्दै, हजारौ हजार संक्रमित, एक सयको मृत्युः राष्ट्र बैंक बेखबर

बैंक र वित्तिय संस्था कोरोनाको हटस्पट बन्दै, हजारौ हजार संक्रमित, एक सयको मृत्युः राष्ट्र बैंक बेखबर

नेपालमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसको कारण बैंक र वित्तिय क्षेत्रका करिब हजारौ हजार कर्मचारी र एकाघर परिवार विरामी परेका छन् भने १०२ जनाले यो समाचार तयार पार्दासम्म मृत्युवरण गरेको खुलेको छ ।
बैंक र वित्तिय संस्था अत्यावश्यक सेवा भित्र पर्ने भएका कारण बैंक र वित्तिय क्षेत्रका हजारौं हजार कर्मचारीहरुले जीवन जोखिममा राखी सेवा दिँदै आएका छन् भन्दा अब चाहि फरक पर्दैन ।
देश पूर्णरुपमा लकडाउनमा छ उद्योग धन्दा, व्यापार, व्यवसाय ठप्प छ , तर, पनि बैंक र वित्तिय संस्था खोल्नु पर्ने वाध्यता छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय कोरोना कहर उच्च देखिएको भन्दै केही सीमित शाखा मात्रै खोल्न बैंक र वित्तिय संस्थाहरुलाई निर्देशन नै दिएको छ ।

भनिन्छ अब उप्रान्त उपत्यकामा मात्रै ६ वटा बैंकहरुका शाखा सञ्चालन गरि सेवा दिनु पर्नेछ । बैंक र वित्तिय संस्थाका सयौं कर्मचारीहरु कोरोना संक्रमणबाट अकालमै मृत्युवरण गर्न पुगेका छन् । यो अत्यन्तै दुखदायी र पीडादायी समाचार हो भन्दा फरक पर्दैन ।

यति ठूलो मात्रामा बैंक र वित्तिय संस्थाका कर्मचारी र एकाघरका परिवार कोरोना भाइरसबाट आक्रान्त छन् । पीडा खपीसाध्य नै छैन । तरपनि बैंक र वित्तिय संस्थाहरुले सेवा दिइरहेका छन् । आफ्नो दायित्वलाई ग्राहक माँझ पूरा गरेका छन् । तर, पीडा र चिन्ता बढेको छ बैंक र वित्तिय संस्थाका कर्मचारी र एकाघरका परिवारमा भन्दा फरक पर्दैन । गर्भनर साब ।

एक बैंकका उच्च कर्मचारीले राजतिलक साप्ताहिकसंग टेलिफोनमा पीडा पोख्दै भनेः– हामीले डर, त्रास र पीडा बीच सेवा दिएका छौं । हाम्रा सयौं कर्मचारी साथीहरुलाई कोरोनाले लगेको छ तरपनि कोरोना बीमा बाहेकका कुनै सुविधा भत्ता हामीलाई बैंक उच्च नेतृत्वले दिएको छैन । उपचार गर्दा समेत रकम आफैले जुटाएका छौं । उनीले नाम नलेख्ने शर्तमा थपे । उच्च व्यवस्थापन र नेपाल राष्ट्र बैंकले कोरोना कहर बीच जीवनलाई हत्केलामा राखी काम गर्नेहरुको बारेमा सोच्नु पर्दछ कि पर्दैन ?

भनिन्छ बैंक र वित्तिय संस्थाहरुमा ४६ हजार कर्मचारी र एकाघरका परिवाहरुमा कोरोना पोजेटिभ भएको छ । यस्तै विकास बैंकहरुमा ८ हजार ६ सय, फाइनान्स कम्पनीहरुमा २५ सय, लघुवित्त संस्थामा ७२ हजार भन्दा बढि कोरोना भाइरसबाट बिरामी भएको तथ्य नेपाल बैंकर्स संघलेनै बाहिर ल्याएको छ । तर, नेपाल राष्ट्र बैंक निरिह कर्मचारीहरुको बारेमा तै चुप मै चुप झै सुनेको नसुनै गरि बस्तु उचित कति होला ? यो चाहि खोजीकै विषय बनेको छ । नेपालमा कोरोना कहर उच्च छ । सबैजस्तो व्यापार व्यवसाय ठप्प छ । देशपूर्ण लकडाउनमै छ । यस्तो बेला बैंक खोल्नु पर्ने कारण चाहि के हो ? सानो तिनो पैसा झिक्न एटिएम छन् । औषधी उपचारको सामान ल्याउन एलसी खोल्न उच्च कर्मचारीको टेलिफोन र इमेलबाटै पनि गर्न सकिन्छ । तर, यति धेरै कर्मचारी विरामी हुँदा र सयौं कर्मचारीको मृत्यु हुँदा पनि किन राष्ट्र बैंक ठोस निर्णय लिन सक्दैन ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई सापटी लिने हो भने कोरोना भाइरसको हटस्पट बनेको बैंक र वित्तिय क्षेत्र तुरुन्तै बन्द गर्दा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्ने र रोगथाममा महत्वपूर्ण भूमिका हुने भएकोले नेपाल राष्ट्र बैंकले भन्दा पनि राज्यलेनै यस बारेमा विचार गर्नु पर्दछ । कि पर्दैन ।

नेपालका २७ वाणिज्य बैंकहरुमा १३ हजार ९ सय ८८ जना जसमध्ये १० हजार ८ जना कर्मचारी संक्रमित भएको भेटिएको छ । संक्रमितमध्ये १५ जना कर्मचारी र ५९ जना एकाघर परिवारको सदस्य गरी ७० जनाको मृत्यु भइसकेकोे दुखद खबर पनि बाहिर आएको छ । हेक्का होस् ।

संक्रमितमध्ये बैशाख १५ गतेयता नै ३ हजार ६ सय ४६ कर्मचारी र १ हजार ७ सय २३ एकाघर परिवार गरी कुल ५ हजार ३ सय ६९ जना संक्रमित भएका हुन् । जसमध्ये ९ जना कर्मचारी र ३१ जना एकाघर परिवार गरी ४० जनाको मृत्यु भइसकेको छ । भन्दा फरक पर्दैन । जीवनलाई मात्रै होइन एकाघरकै परिवारलाई समेत जोखिम पुगेको यस्तो अवस्थामा राष्ट्र बैंकले समयमै सोच्नु पर्दछ कि पर्दैन ।
आफ्नो नेपालका २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ग्लोवल आइएमइ बैंक लिमिटेडका कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकमा हालसम्म ९ सय २९ कर्मचारी र ४ सय २२ एकाघर परिवार गरी १ हजार ३ सय ५१ जना कोरोना संक्रमित भइसकेको भेटिएको छ ।

सबैभन्दा थोरै कोरोना संक्रमित एनसीसी बैंकमा देखिएका छ । बैंकमा ७२ जना कर्मचारी र ७१ जना एकाघर परिवारका सदस्य गरी कुल १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको भेटिएको छ । यो दुवै संस्था हेर्दा बैंक र वित्तिय क्षेत्रमा कोरोना कहर उच्च छ भन्दा फरक पर्दैन ।

नेपालका राष्ट्रियस्तर र क्षेत्रियस्तरका गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये १४ वटा विकास बैंकमा कर्मचारी र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण उच्च भएको तथ्य फेला परेको छ ।
१८ वटा विकास बैंकमा १ हजार १ सय ६३ जना कर्मचारी र ३ सय ८५ जना एकघर परिवार गरी कुल १ हजार ५ सय ४८ जना संक्रमित भइसकेका छन् भने ३ जना कर्मचारी र ८ जना एकाघर परिवारका सदस्य गरी ११ जनाको मृत्यु समेत भइसेको दुखद समाचार बाहिर आएको छ । राज्यले अरु नसके पनि बैंक र वित्तिय संस्थाका कर्मचारी र एकाघरका परिवारलाई निःशुल्क कोरोना भ्याक्सिन दिनु पर्दछ कि पर्दैन ।

हाल विकास बैंकहरुमा कुल ८ हजार ६ सय जना कर्मचारी कार्यरत छन् । सञ्चालनमा रहेका विकास बैंकहरुमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकमा र सबैभन्दा थोरै मितेरी विकास बैंकमा कोरोना संक्रमित भेटिएका छन् ।
मुक्तिनाथ विकास बैंकमा हालसम्म ४ सय २३ जनालाई कोरोना संत्रज्ञmमण देखिएको छ । जसमध्ये ३ सय २२ जना कर्मचारी हुन् भने १ सय १ जना एकाघर परिवारका सदस्य हुन् ।
उता, मितेरी विकास बैंकमा २ जना कर्मचारी र २ जना एकाघर परिवारका सदस्य गरी हालसम्म ४ जनामा कोरोना संक्रमण भइसकेको भेटिएको छ ।

नेपालमा संचालित २० वटा फाइनान्स कम्पनीहरु रहेका छन् । ति मध्ये १९ वटा कम्पनीका ३ सय २१ कर्मचारी र २ सय १ जना एकाघर परिवार सदस्य गरी ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको देखिन्छ । जसमध्ये ७ जना एकाघर परिवारको सदस्यको मृत्यु भइसेकेको समाचार छ ।

फाइनान्स कम्पनीहरुमा हालसम्म २५ सय कर्मचारी कार्यरत छन् । जसमध्ये सबैभन्दा बढी आइसिएफसी फाइनान्स कम्पनीका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यो कम्पनीमा ५२ जना कर्मचारी र ३६ जना एकाघरपरिवारका सदस्य गरी कुल ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा थोरै एनएसएमएल फाइनान्स कम्पनीमा कोरोना संक्रमित देखिएको छ । कम्पनीमा ३ जना कर्मचारी र १ जना एकाघर परिवार गरी ४ जनामा कोरोना संक्रमण देखिएको छ । भन्दा फरक पर्दैन ।
नेपालमा रहेको ७२ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यी सस्थाहरुमा १५ हजार कर्मचारी कार्यरत छन् । सञ्चालनमा रहेको लघुवित्त संस्थाहरुमध्ये हालसम्म ६४ वटा संस्थामा १ हजार ८ सय ७० जना कर्मचारी र ४ सय ३७ जना गरी २३ सय ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी मध्ये १ जना कर्मचारी र ९ जना परिवारका सदस्य गरी १० जनाको मृत्यु भइसेको भेटिएको छ ।

कोरोना संक्रमण देखिएका संस्थाहरुमध्ये सबैभन्दा धेरै स्वालम्वल लघुवित्तमा १ सय ७९ जना कर्मचारी र १ जना परिवारका सदस्य गरी १ सय ८० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको देखिन्छ । सबैभन्दा थोरै खप्तड लघुवित्त संस्थामा १ जना कर्मचारीमा मात्र कोरोना संक्रमण पुष्टी भएको देखिन्छ ।

यी माथिका तथ्यहरु वाटै प्रस्ट भएको छ कि बैंक र वित्तिय संस्थाको जागिरमा कत्ति जोखिम छ भनेर । त्यसकारण अत्यावश्यक सेवा भित्र पर्ने बैंक र वित्तिय संस्थाको सेवालाई थप राहत दिनु पर्दछ कि पर्दैन । गर्भनर साब ?
यस्तो महामारी बीच सेवा दिने बैंक र वित्तिय संस्थाहरुबाटै सयौ अर्बपति र करोडपतिले छुटका नाममा लाखौं लाख लिने गरेका उदाहरण हामीसंग छन् । त्यसकारण राष्ट्र बैंकले तत्कालै बैंक र वित्तिय संंस्थाहरुलाई राहत दिने खालका कार्यक्रम ल्याउनु जरुरी छ । त्यसभित्र पनि बैंक कर्मचारी र एकाघरका परिवारलाई लक्षित कार्यक्रम आउनु जरुरी देखिन्छ । हेक्का होस् । राजतिलक साप्ताहिक वर्ष ८ अंक ४२ वाट साभार गरिएको 

10830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?