जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीको खुद बीमा शुल्क बढ्यो, नाफामा को छ अगाडि ?

जीवन बीमा कम्पनीको खुद बीमा शुल्क बढ्यो, नाफामा को छ अगाडि ?

जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आम्दानी २.९८ प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद बीमा शुल्क आम्दानी बढेको हो। गत वर्ष जीवन बीमा कम्पनीहरुले १ खर्ब २८ करोड ८५ लाख खुद बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा यी कम्पनीले १ खर्ब २५ अर्ब १२ करोड बराबर खुद बीमा शुल्क आर्जन गरेका थिए। समीक्षा अवधिमा कुल कायम बीमालेख संख्यामा पनि सामान्य सुधार आएकाले आम्दानी बढेको हो।

खुद बीमाशुल्क आर्जनमा जीवन बीमा कम्पनीकै लिडरका रुपमा चिनिएको नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। नेपाल लाइफ असार मसान्तसम्म ३६ अर्ब ६२ करोड रुपैयाँको खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिका तुलनामा ४.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ३४ अर्ब ९८ करोड आर्जन गरेको थियो।

दोस्रोमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) छ। उक्त कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १७ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकाे छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा कमी आएको हो। कम्पनीले अघिल्लो वर्ष १८ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीको बीमालेख घट्दा त्यसबाट हुने आम्दानी पनि घटेको हो।

यस्तै नेसनल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १३.१४ प्रतिशतले बढाएको छ। गत वर्ष कम्पनीले यस्तो शुल्क १५ अर्ब ९७ करोड बढी आर्जन गरेको हो।

साथै हिमालयन लाइफ इन्स्योरेन्सले १४ अर्ब ५७ करोड र एसियन लाइफ इन्स्योरेन्सले १० अर्ब ३५ करोड खुद बीमा शुल्क आर्जन गरेका हुन्।

नाफाको के छ अवस्था?

गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुको नाफा समग्रमा ३१.३८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढेको वित्तीय विवरणले देखाएको छ।

गत वर्ष १४ जीवन बीमा कम्पनीहरुले ५ अर्ब १७ करोड खुद नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड मात्र खुद नाफा कमाएका थिए।

असारसम्म सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनी नेपाल लाइफ छ। नेपाल लाइफ अधिकांश सूचकांकमा अब्बल देखिएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६७ करोड ४४ लाखमाथि खुद मुनाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष कोरोना महामारीको असरले नोक्सानीमा कम्पनीले गत वर्ष उल्लेख्य प्रगति गरेको हो। खुद बीमा शुल्क आम्दानीमा पनि कम्पनी शीर्ष स्थानमा छ। पुनर्बीमा कमिसन पनि बढेको छ। कम्पनीको बीमालेख धितोकर्जा बढ्दा यसबाट हुने आम्दानी पनि निकै बढेको छ। जसका कारण कम्पनीको नाफा बढेको हो।

यस्तै गत वर्ष मर्जरमा भएका केही कम्पनीहरुले पनि नाफामा निकै सुधार गरेका छन्। नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको थियो।

प्राधिकरणको निर्देशन अनुसार २०८० असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने थियो। पुँजी बढाउन बिग मर्जरमा गएकामध्ये हिमालयन लाइफ इन्स्योरेन्स गत वर्ष नाफा कमाउने दोस्रो ठूलो कम्पनी भएको छ।

गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ र प्राइम लाइफ आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत वर्ष ५८ करोड १३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४२.५१ प्रतिशतले बढेको हो। कम्पनीले अघिल्लो वर्ष ४० करोड ७९ लाख खुद नाफा कमाएको थियो।

गत वर्ष कम्पनीको व्यवस्थापन खर्च घट्नु, बीमालेख धितो कर्जाबाट हुने आम्दानी उल्लेखेय रुपमा बढ्नुका साथै खुद बीमा शुल्क आम्दानी बढ्दा नाफा बढेको हो। मर्जर पश्चात कम्पनीको प्रति सेयर आम्दानी, नेटवर्थका साथै बीमालेख संख्या पनि अघिल्लो वर्षको तुलनामा बढेको छ।

मर्जरपछि सूर्यज्योति लाइफको नाफा भने घटेको छ। गत वर्ष कम्पनीले २९ करोड ४० लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३६.१२ प्रतिशतले कम हो। एकीकृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष कम्पनीले ४६ करोड ३ लाख खुद नाफा आर्जन गरेको थियो।

यस्तै मर्जरपछि गत वर्ष सानीमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पनि नाफा बढेको छ।

यस्तै गत वर्ष नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ करोड ४५ लाख, मेटलाइफले ३५ करोड ९९ लाख, आईएमई लाइफले २४ करोड र एसियन लाइफ इन्स्योरेन्सले २४ करोड नाफा कमाएका छन्।

भर्खरै आइपीओ निस्कासन गरिरहेको रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा ५७ प्रतिशतले बढेको छ। गत वर्ष कम्पनीले ४३ करोड २२ लाख खुद नाफा कमाएको छ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका