जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अख्तियारमा नभएपछि हिस्स परे सर्वेन्द्र

अख्तियारमा  नभएपछि हिस्स परे सर्वेन्द्र

नेपाल प्रहरीका आइजिपीहरू मध्ये सबैभन्दा बढी बदनाम , बिवादित , अकुत सम्पत्ति कमाएको , सचिवालयबाट तस्करीनेपाल प्रहरीका आइजिपीहरू मध्ये सबैभन्दा बढी बदनाम , बिवादित , अकुत सम्पत्ति कमाएको , सचिवालयबाट तस्करी हुने दुई नम्बर प्रदेशमा घुमुवाहरू परिचालन गरि रकम संकलन गरेको र संगठनमा सबैभन्दा बढी गुटबन्दी गरेको भनी विशेषण पाएका व्यक्ति हुन पूर्व आइजिपी सर्वेन्द्र खनाल । जागिरको दौडान ससुरा पदम प्रसाद पोखरेल, कहिले गिरिजाप्रसाद कोइरालाको कृपाले सधै कमाउ धन्दा हुने ठाउँहरूमा बसि अकुत सम्पत्ति कमाउनेमा उनको नाम अग्रपंक्तिमा आउछ।

काङ्ग्रेस सत्तामा नआउने भए पछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको फेर समाएर आइजिपी बनेका खनालले अन्ततः आइजिपी भए पछि दाहाललाई नै धोका दिए। जुनकुरा दाहालले अहिले पनि नजिकका आफन्तहरूसंग भन्ने गर्दछन। अवकाश पछि संबैधानिक नियुक्ति त्यसमाथि पनि अख्तियार ताकेका खनाल नभएपछि हिस्स परेका छन् । जनता समाजवादी(साविक जनता समाजवादी)का सांसद डा. सुरेन्द्र यादवको अपहरणकाण्डमा मुछिएका सर्वेन्द्र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने आशामा थिए । तर संवैधानिक परिषदले २०७७ मंसिर ३० मा गरेको सिफारिसमा उनी परेनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा पूर्वएआइजी जयबहादुर चन्द आयुक्तमा परे । तर खनालले प्रधानमन्त्री ओलीका लागि सांसद नै अपहरण गर्ने जोखिम मोले पनि उनलाई आयुक्त नबनाइएपछि उनी असन्तुष्ट भए र हिस्स परे । उनले यादव अपहरणमा सँगै गएका महेश बस्नेत र किसान श्रेष्टसँग असन्तुष्टी प्रकट गरेका थिए ।

प्रधानमन्त्री निकट सांसद महेश बस्नेतले खनाललाई अख्तियारको आयुक्त बनाउने आश्वासनसहित सांसद यादवलाई जनकपुरबाट काठमाडौंमा ल्याउनका लागि लिएर गएका थिए । बस्नेतले उनलाई अब खाली हुने पदमा नियुक्ति हुने आश्वासन दिएको चर्चा छ ।

अख्तियारमा प्रमुख आयुक्तसहित रिक्त ३ आयुक्तमा नपरे पनि उनलाई छिट्टै एक आयुक्त पद रिक्त हुने भएकाले नियुक्ति पाउने आश्वासन दिइएको कुरा खनाल नै आफ्ना निकटस्थहरुसँग भन्न थालेका छन् । अख्तियारमा प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि हाल कामु प्रमुख डा.गणेशराज जोशीले राजीनामा दिने र उक्त पदमा नियुक्ति हुने आशामा खनाल छन् । आफूभन्दा कनिष्ट राईलाई प्रमुख आयुक्त बनाएपछि डा. जोशीले राजीनामा दिने अनुमान गरिएको छ ।

यद्यपि निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलियाको नियुक्तिपछि उनीभन्दा बरिष्ठ आयुक्त इश्वरी पौडेल र नरेन्द्र दाहालले राजीनामा नदिएको दृष्टान्त पनि छ । राजीनामा नै नदिए पनि डा. जोशी आगामी चैत १७ गते ६ बर्षे पदावधिले अख्तियारबाट निवृत्त हुनेछन् । तर जोशीले राजिनामा दिएपनि या नदिएपनि खनालको नियुक्ति हुने संभावना भने देखिदैन ।

एउटा संबैधानिक निकायमा पूर्व प्रहरीबाट दुईको नियुक्ति हुने स्थिति छैन । अहिले जसरी प्रशासनबाट प्रेम कुमार राई, पूर्व प्रहरीबाट जय बहादुर चन्द र न्याय सेवाबाट किशोर सिलवालको गरि मिलाएर नियुक्ति गरिएको छ। त्यसमाथि सर्वेन्द्रको हुने अवस्था छदैछैन भनेपनि हुन्छ

7620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?