जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा समितिको नयाँ निर्देशन: शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने

बीमा समितिको नयाँ निर्देशन: शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने

बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई केन्द्रिय कार्यालय मात्रै खोल्न निर्देशन दिएको हो । केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नु पर्ने भएको छ । हाललाई शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार बैंशाख २९ गतेदेखि जेठ १३ गतेसम्मका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएकोले यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ ।

बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराइने भएको छ । कम्पनीहरुले यस बाहेकका अन्य कुनै पनि पास आफैले जारी गर्न पाउदैनन्।

काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नु पर्ने  समितिले जनाएको छ ।
सथै समितिले बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकोले विधुतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । निषेध आज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विधुतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

5795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका