जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआईसी एशिया र एनएमबी बैंकबीच फोर्सफूल मर्जर

आर्थिक विशेष

एनआईसी एशिया र एनएमबी बैंकबीच फोर्सफूल मर्जर

फोर्सफूल मर्जर गराउने राष्ट्र बैंकको भित्री तयारी

एनआईसी एशिया र एनएमबी बैंकबीच फोर्सफूल मर्जर

एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच फोर्सफूल मर्जर भए अचम्म मान्नु पर्दैन । यी दुई बैंकलाई क्रस होल्डिङ्गको आधारमा फोर्सफूल मर्जर गराउने राष्ट्र बैंकको भित्री तयारी देखिन्छ ।

नेपाल राष्ट्र बैंकले ठूला महत्वपूर्ण बैंक एनआईसी एशिया बैंक र एनएमबी बैंक लिमिटेडलाई धुमाउरो पाराबाट मर्जर गर्ने उपायको खोजीमा रहेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले केही दिन अगाडी सवै २८ वटै वाणिज्य बैंकलाई पत्राचार गर्दै ०.१ प्रतिशत भन्दा बढि शेयर भएका व्यक्ति र फर्महरुको विवरण १ साता भित्र बुझाउन निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले आर्थिक बजार न्यूज डटकमसंग बताए ।

उनीले भनेः–हामीले सबै बाणिज्य बैंकहरुसंग विवरण माग गरेका छौं । ०.१ भन्दा बढिको शेयर भएकाहरुको विवरण आएपछि मर्जरको निर्देशन दिने तयारीमा छौं । विगतमा राष्ट्र बैंकले शेयर कै कारण एशिया बैंक र एनआईसी बैंकलाई मर्जर गराएर एनआईसी एशिया बैंक बनाएरको थियो । राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीेले आर्थिक बजार न्यूज डटकमसंग भनेः– यस पटक संख्या घट्ने छ । हामीले निश्चित प्रतिशत भन्दा बढि शेयर (क्रस होल्डिङ्ग) भएका बैकहरुलाई बिग मर्जर होइन फोर्सफूल मर्जरमा लैजाने निर्देशन नै जारी गर्ने छौ ।

उनीको शब्द सापटी लिने हो भने एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच मर्जर भए अचम्म मान्नु पर्दैन । यदि राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका बैंकहरुलाई साच्चै मर्जर गराउन खोजिएको हो भने यी दुई ठुला र दरिला बैंक एनएमबी बैंक र एनआईसी एशिया बैंक फोेर्सफूल मर्जरको पहिलो शिकार हुने देखिन्छ । तर, यी बैंक मर्जर गर्न ढुङ्गाको चिउरा चपाउन सरह हुने प्रस्टै देखिन्छ । नेपाली बजारमा यति धेरै बैंक र वित्तिय संस्थाहरुमा ०.१ भन्दा बढि शेयरको क्रस होल्डिङ्ग देखिन्छ । एनआईसी एशिया बैंक र एनएमबी बैंकमा व्यवसायिक घराना ग्रुप विशाल गु्रप र गोल्चन ग्रुपको उच्च लगानी छ । भन्दा फरक पर्दैन ।

नेपालका वाणिज्य बैंकहरुमा धेरै शाखा सञ्चाल २९५ वटा एनआईसी एशिया बैंकको छ भने ३ पटक विदेशबाट कर्जा ल्याउने पहिलो बैंक हो एनएमबी बैंक । यी दुबै बैंक आफैमा अब्बल मानिन्छन् । एनआईसी एशिया बैंकमा विशाल गु्रपका उपाध्यक्ष तुलसी अग्रवाल अध्यक्ष छन् । बिशाल ग्रुपका अध्यक्ष जगदिश अग्रवाल तथा उपाध्यक्ष त्रिलोक अग्रवाल बैंकको संचालक समितिमा छन् । बैंकमा विशाल ग्रुपको बहुमत सेयर देखिन्छ ।

एनएमबी बैंकमा गोल्यान ग्रु्रपका अध्यक्ष पवन गोल्यान अध्यक्ष छन् । एनएमबि बैंकमा विदेशी लगानीकर्ताको सेयर छ । सेयर अनुपातको हिसाबले सबैभन्दा ठूलो सेयरधनी नेदरल्याण्डको एफएमओ कम्पनी हो । जसको बैंकमा १७ प्रतिशत देखिन्छ ।

दोस्रो सेयरधनी कर्मचारी संचय कोष हो । जसको सेयर ६.८६ प्रतिशत छ । यस्तै तेस्रो ठूलो सेयरधनी पनि एनएमबिमा विदेशी लगानीकर्ता नै हो । मलेसियाको योङ लियन कम्पनीको नाममा ५.२३ प्रतिशत सेयर देखिन्छ ।
अध्यक्ष पवन गोल्यानको एनएमबिमा १.१५ प्रतिशत सेयर रहेको छ । बिशाल गु्रपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवालको नाममा एनएमबि बैंकमा ०.५ प्रतिशत सेयर रहेको देखिन्छ ।

एनआईसीले प्रकाशित गरेको विवरण अनुसार गोल्यान गु्रपका बासुदेव गोल्यानको नाममा २.२२ प्रतिशत सेयर रहेको देखिन्छ । यी र यस्तै कारणले राष्ट्र बैंकले क्रस होल्डिङ भएका संस्थालाई मर्जर गराउन खोजेको हो । यी कारणले एनआइसी एशिया र एनएमबि बैंक पहिलो निशानामा पर्ने निश्चित छ । यी दुई बैंक गाभिए भने बैंकिङ बजारको १२ प्रतिशतभन्दा बढी हिस्सा होल्ड गर्छन् । एउटा संस्थाले १२ प्रतिशतभन्दा बढी बजार हिस्सा हुनुलाई राम्रो मानिँदैन । टू बिग टू फेल र मोनोपोली दुबैको खतरा बढेर जाने प्रस्टै छ । तरपनि राष्ट्र बैंक फोर्सफूल मर्जर गर्न लागेको देखिन्छ ।

यी दुई बैंक गाभिए भने ३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप हुन्छ । जुन बैंकहरुको कूल निक्षेपको १३ प्रतिशत भन्दा बढि हो । १३ प्रतिशत भन्दा बढि यसले नेपाली वित्तिय बजारमा बस्तो असर पर्ने हो । त्यो हेर्न जरुरी छ, कि छैन गर्भनर साब ?
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक र एनएमबी बैंकलाई क्रस होल्डीङ्गको आधार मान्दै फोर्सफूल मर्जर ग¥यो भने सबै कुरामा ठूला हुने छन् भने आधा बजार उनीहरुकै कब्जामा हुनेछ । सचेत भया ।

17670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका