जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काका भतिजको इगोले सनराईज बैंक संकटमाः जनताको डिपोजिटबाट मंहगो तलब, भत्ता लिने अनि सीइओले सञ्चालकलाई यो छोड त्यो छोड भन्न मिल्छ ?

काका भतिजको इगोले सनराईज बैंक संकटमाः जनताको डिपोजिटबाट मंहगो तलब, भत्ता लिने अनि सीइओले सञ्चालकलाई यो छोड त्यो छोड भन्न मिल्छ ?

नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन । यी मध्ये एउटा माडवाडी समूदायको चर्को लगानीको बैंक सनराईज बैंक लिमिटेड सञ्चालक र सीइओको नालायकीपनका कारण धरासायी बन्दै छ भन्दा अब चाहि फरक नपर्ने भएको छ ।

नातामा काका भतिज पर्ने मोतिलाल दुगड र मालचन्द दुगडबीचको लडाईले सनराइज बैंक लिमिटेडलाई बाध्यात्मक मर्जर तर्फ धकेलेको छ । भन्दा फरक पर्दैन । सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड र संचालक मालचन्द दुगड समुहको इगोको लडाई नरोकिए वर्तमान संचालक समिति बिघटन गरि कुनै अर्को बैंकसँग मर्जर गराउनुको विकल्प नरहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

नाताले काका भतिज पर्ने सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड र सञ्चालक मालचन्द्र दुगड बीचको घर झगडाका कारण ७० प्रतिशत जनताको लगानी रहेको सनराईज बैंक दिन प्रतिदिन तहसनहस बन्दैछ भन्दा फरक पर्दैन । जब बैंकर जनक शर्मा पौड्याल सनराईज बैंक पुगे तब सनराईज बैंक भित्र भाडभैलो नै शुरु भएको छ भन्दा अब अन्यथा नहोला ।

आफ्नौ साथी बैंकर निरज श्रेष्ठ सीइओ नियुक्त भएको सनराईज बैंकमा केही एमाले नुवाकोटे पत्रकारको साथ लिएर बैंक भित्रको नभएको कुरा मिडियावाजी गराई आफू सनराईज बैंकको सीइओ बन्न सफल भए । यसको इतिहास साक्षी छ भन्दा फरक नपर्ला । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको दबाब र निर्देशनमा सनराईज बैंकको सञ्चालक समितिले बैंकर जनक शर्मा पौड्याललाई सीइओ बनाएको थियो ।
पटक÷पटक विवाद आएपछि सनराईज बैंकलाई राष्ट्र बैंकले बैंकको सञ्चालक समिति निलम्बन गर्ने वा बाध्यकारी मर्जर गर्ने बारे भित्री रुपमा छलफल चलाएको छ भन्दा फरक पर्दैन ।

नातामा काका भतिज पर्ने मोतिलाल दुगड र मालचन्द दुगडबीचको लडाईले सनराइज बैंक लिमिटेडलाई बाध्यात्मक मर्जर तर्फ धकेलेको छ । भन्दा फरक पर्दैन । सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड र संचालक मालचन्द दुगड समुहको इगोको लडाई नरोकिए वर्तमान संचालक समिति बिघटन गरि कुनै अर्को बैंकसँग मर्जर गराउनुको विकल्प नरहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

बैंक संचालक समुह नै दुई गुटमा विभाजन भएकाले बैंकको दैनिक काम समेत प्रभावित भएको र यसले भविष्यमा बैंकलाई संकट तर्फ धकेल्ने राष्ट्र बैंकको बुझाई रहेको छ भन्दा फरक पर्दैन ।

मालचन्द समुह मोतीलाल दुगडलाई अध्यक्षबाट र जनक शर्मा पौड्याललाई सीईओ बाट हटाउनलाई हदैसम्मको प्रयासमा लागेका देखिन्छ । अध्यक्ष र सीईओ एकातिर तथा अन्य संचालक अर्कातिर फर्किएर दुवै पक्ष एक अर्कालाई सिध्याउने खेलमा लागेकाले बैंक गम्भीर संकटमा फसेको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

राष्ट्र बैंक उच्च स्रोत भन्छ, गत पुष १४ गते मंगलबार संचालकहरुलाई नेपाल राष्ट्र बैंक डाकेर मिलाउने प्रयास भएको छ, अझैं पनि दुवै समुह विभाजन तर्फ लाग्छन भने वर्तमान संचालक समिति बिघटन गरेर त्यहाँको व्यवस्थापनको जिम्मा राष्ट्र बैंकले लिनुको विकल्प हुदैन नि, राष्ट्र बैंकले जिम्मा लिनुपर्ने अवस्था आयो भने कुनै अर्को बैंकसँग मर्जर गराउनु पर्ने छ नि ।

राष्ट्र बैंक उच्च स्रोत भन्दछ, सनराइज बैंकमा मुख्य समस्या भनेको काका मोतिलाल दुगड र भतिज मालचन्द बीचको पारिवारिक इगोको लडाई नै हो । बैंकमा एउटा समुहमा बैंकका सीईओ जनक शर्मा पौड्याल र अध्यक्ष मोतिलाल दुगड रहेका छन् भने अर्को तर्फ संचालक मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई, सारादा शर्मा र दिपक नेपाल रहेका छन्, भन्दा अब फरक पर्दैन ।

जनक शर्मा पौड्याललाई सीईओकोरुपमा मालचन्द दुगडले ल्याएपनि उनले अध्यक्ष मोतिलाल दुगडको हितमा काम गरेको र मोतीलाल दुगडले पनि सीईओलाई आफ्नो पक्षमा पारेर अनुचित लाभ लिएको मालचन्द समुहको गम्भीर आरोप छ गर्भनर साब ।
युवराज खतिवडा अर्थमन्त्री हुँदा उनको दबाबमा सीईओ जनक शर्मा पौड्यालले बैंकमाथि दबाब सृजना गरेको र अध्यक्ष मोतिलाल दुगडको हितमा मात्रै काम गरेको मालचन्द समुहको अर्को संघिन आरोप छ ।

मालचन्द समुह मोतीलाल दुगडलाई अध्यक्षबाट र जनक शर्मा पौड्याललाई सीईओ बाट हटाउनलाई हदैसम्मको प्रयासमा लागेका देखिन्छ । अध्यक्ष र सीईओ एकातिर तथा अन्य संचालक अर्कातिर फर्किएर दुवै पक्ष एक अर्कालाई सिध्याउने खेलमा लागेकाले बैंक गम्भीर संकटमा फसेको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

बैंकको संचालक तथा व्यवस्थापनमा रहेको किचलोको कारण सर्वसाधारण जनताको ७० प्रतिशत लगानी र निक्षेप तथा कर्जा लगानी रहेको बैंकलाई सहि दिशातर्फ लैजाने आफ्नो कर्तव्य भएकाले हस्तक्षेपको विकल्प नै अन्तिम भएको राष्ट्र बैंकको दाबी छ ।

सनराईज बैंकका एक सञ्चालकले भने जनताको डिपोजिटबाट मंहगो तलब खाने भत्ता लिने अनि सीइओले सञ्चालकलाई यो छोड त्यो छोड भन्न मिल्छ । सीइओ जनक शर्मा पौड्याल अहिले बैंकमा जङ्गबहादुर बने । त्यो अध्यक्ष मोतिलाल दुगडको निर्देशनबाटै आएपछि हामीलाई दुख लागेको छ नि ।

गत साउनमा पनि राष्ट्र बैंकले सनराइज बैंक संचालकलाई राष्ट्र बैंक डाकेर मिलेर बैंक चलाउन भन्दै सीइओ पौड्यालको पद सुरक्षित गर्ने रोल खेलेको थियो । विवाद चरमोत्कर्षमा पुगेपछि संचालक समितिलाई डाकेर सम्झाएको यो दोस्रो पटक हो, भन्दा फरक पर्दैन गर्भनर साब ।
संचालक तथा मानव संसादन विभाग उपसमितिमा रहेका बच्चराज तातेडलाई अध्यक्ष मोतिलाल दुगडले अर्को उपसमितिमा बस्न आग्रह गरेपछि बैंकमा विवाद उत्कर्षमा पुगेको भनिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको उपसमितिमा २ कार्यकाल भन्दा बढी बस्न मिल्दैन तर तातेड मानव शंसाधन उपसमितिमा दुई कार्यकाल बिताईसकेका छन् । तर यो एउटा बहाना मात्र भएको र संचालक समितिका दुई गुट बीच इंगोको लडाई अहिलेको विवादको कारण भएको राष्ट्र बैंकको तर्क छ ।

यति मात्रै होइन अध्यक्ष मोतीलाल दुगडले सञ्चालक समितिमा राख्नु पर्ने कुरा श्री ३ महाराजाको जस्तै गरि बैंकका सीइओ जनक शर्मा पौड्यालले राखेपछि ६ सदस्यीय सञ्चालक समितिमा विभाजन आएको देखिन्छ गर्भनर साब ।

सनराईज बैंकका एक सञ्चालकले भने जनताको डिपोजिटबाट मंहगो तलब खाने भत्ता लिने अनि सीइओले सञ्चालकलाई यो छोड त्यो छोड भन्न मिल्छ । सीइओ जनक शर्मा पौड्याल अहिले बैंकमा जङ्गबहादुर बने । त्यो अध्यक्ष मोतिलाल दुगडको निर्देशनबाटै आएपछि हामीलाई दुख लागेको छ नि ।

जे भएपनि काका भतिजको घर झगडाले निरिह जनताहरुको ७० प्रतिशत लगानी रहेको र अबैं डिपोजिट रहेको सनराईज बैंक सधैं घर झगडा जस्तै गरि विवादमा आउनु राम्रो पक्ष होइन समयमै राष्ट्र बैंकले चमत्कारी कदम चाल्नु पर्ने बेला अब चाहि आएको छ भन्दा फरक पर्दैन । सचेत भया । राजतिलक साप्ताहिकबाट साभार गरिएको ।

 

 

5365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका